विपक्षीको अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

१५ श्रावण २०७६, बुधबार १२:१५ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १५ साउन । प्रतिनिधि सभाको बुधबारको बैठक कारबाही सुरु नभइृ स्थगित भएको छ । सभामुख कृष्ण बहादुर महराले बैठक सुरु भएको घोषणा गर्नासाथ प्रतिपक्षी दल नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदले नाराबाजी सहित विरोध गरेपछि बैठक स्थगित भएको हो ।

विपक्षी सांसदले उठेर विरोध गरिरहेकै बेला सभामुखले शून्य समय प्रारम्भ भएको जानकारी गराउनासाथ दुवै दलका सांसदले रोष्टम घेराउ गरे ।त्यसपछि सभामुखले प्रतिनिधि सभाको अर्को बैठक साउन १६ गते बिहिबार दिउँसो २ बजेका सम्मका लागि स्थगित गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की