जन प्रगतिशील मंच ,यू.ए.ई.को अबुधाबी क्षेत्रीय अधिबेशन अप्रिल ६ मा चियापान कार्यक्रम सहित हुने

१ चैत्र २०६८, बुधबार ०९:३६ मा प्रकाशित

यहि मिति ०९/०३/२०१२ का दिन नेपाली जनप्रगतिशील मंच यू.ए.ई.को अबुधाबी क्षेत्रीय समितिको बिशेष भेला अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष रविरमण अधिकारी को अध्यक्षतामा सम्पन्न भएको छ ! उक्त भेलामा केन्द्रिय समितिका सल्लाहकार संयोजक पिताम्बर पोख्रेल , सल्लाहकार भिम दत्त पौडेल , महासचिब श्याम परियार , सचिब कृष्ण भाट का साथै सास्कृतिक बिभाग प्रमुख नेत्र के.शी.को समेत बिशेष उपस्थिति रहेको थियो |
पछिल्लोपटक केन्द्रीय समितिको बैठकले गरेका निर्णयहरुको बारेमा महासचिब श्याम परियार र सल्लाहकार संयोजक पिताम्बर पोख्रेलले जानकारी गराउनु भएको थियो भने संगठनका छलफलका बारेमा कृष्ण भाटले बिषयहरुलाई सबैमा राख्ने र सुझाब लिने काम गर्नु भएको थियो | उक्त बसाइमा सल्लाहकार भिम दत्त पौडेलले आगामी कार्यक्रम र योजनाका बारेमा आफ्ना सुझाब र सल्लाह राख्नु भएको थियो | बिशेष रूपमा भर्खरै यू.ए.ई. मा आउनु भएकी बिमला भुषाल, प्रभु लाल श्रेष्ठ र निशा के.शी. ले पनी संगठनको बारेमा निक्कै उत्सुक भएर संगठनले गरेका कामहरु र आगामी योजनाका बारेमा जिज्ञाशा राख्दै आवश्यक सल्लाह-सुझाबहरु समेत राख्नु भएको थियो |
सो भेलाले आगामी चैत्र २४ (april 6) को एतिहाशिक जन आन्दोलनको आवसर पारेर अबुधाबी क्षेत्रीय समितिको अधिबेशन साथै बिशेष चियापान कार्यक्रम गरि मनाउने निर्णय समेत गरेको छ | अधिबेशनकालागि पुरानो क्षेत्रीय समितिका अध्यक्षलाई नै संयोजक निर्वाचित गर्दै सम्पूर्ण कार्यसमितिका सदस्यहरु नै अधिबेशन तयारीकालागि सदस्य रहने गरी अधिबेशन तयारी समितिको निर्माण समेत गरियो | चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनको लागि नेत्र के.शी. को संयोजकत्वमा , रवि खनाल , नील प्रसाद लामिछाने , बिमला भुषाल , अनिल माझी, गान्धी बहादुर जी.सी. ,नर बहादुर पुन, दिलिप पाख्रिन , अनिल माझी र राजकुमार पुन सदस्य रहेको व्यवस्थापन समिति समेत निर्माण गरेको छ |
अन्तमा, कार्यक्रमलाई बिसर्जन गर्दै अत्यन्त उत्शाहजंक उपस्थितिमा उपस्थित हुनुहुने सबैमा धन्बाद सहित आगामी अप्रिल 6 तारिख शुक्रबारका दिन हुने क्षेत्रीय समिति को अधिबेशन र चैत्र २४ को चियापान कार्यक्रमलाई भव्यरुपमा सफल पार्नहुन अबुधाबीमा रहनुहुने सम्पूर्ण नेपाली जनप्रगतिशील मंच, यू.ए.ई.का सदस्य,शुभचिन्तक र आम प्रवाशी नेपाली दिदि-भाई, दाजु-बैनी सबैमा बिशेष अनुरोध सहित आपिल गर्दै कार्यक्रम बिसर्जन भएको घोषणा गरिएको थियो |

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, अस्ट्रिया:  बेलायतमा बिहीवार ६ मे २०२१ मा  सम्पन्न स्थानीय निर्वाचनमा हन्सलोस्थित काउन्सिलमा बिष्णु बहादुर गुरुङ्ग मेयर, र

नेपाली समाजिक र साँस्कृतिक संस्था ‘नेसास’ अष्ट्रियाको यहिँ २४ अप्रिल २०२१, शनिबारको दिन सम्पन्न भएको अधिबेशनबाट सर्वसहमतीमा २०२१-२०२३ को लागी

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद