सञ्चालक समितिलाई पत्र लेखेर वेपत्ता भए ‘क्याफे कफी डे’का मालिक

१४ श्रावण २०७६, मंगलवार १७:१७ मा प्रकाशित

दिल्ली, १४ साउन । भारतीय बहुराष्ट्रिय कम्पनी सीसीडी अर्थात क्याफे कफी डेका मालिक वी जी सिद्धार्थ सोमबार बेलुकादेखि बेपत्ता छन् । भारतमा कफी व्यवसायमा क्रान्ति ल्याएका उनी सोमबार बेलुका भारतको कर्मंनाटका राज्यको मंगलूरु भन्ने स्थानबाट बेपत्ता भएका हुन् ।

उनी अन्तिम पटक नेत्रावदी नदीमाथिको पुलमा बसेर फोनमा कुरा गरिरहेको देखिएको र लगत्तै बेप्पता भएको भारतीय संचार माध्यमहरुले जनाएबा छन् । सोही नदिमा हाम फालेर आत्माहत्या गरेको आशंकामा खोजि कार्य ब्यापक पारिएको छ । उनको खोजिको लागि डुंगा र हेलिकप्टर समेत परिचालन गरिएको छ ।

सिद्धार्थले बेपत्ता हुनु अगाडी एक पत्र लेखेको समेत खुलेको छ । उनले संचालक समितिलाई पत्र लेख्दै आफुले लामो समय संघर्ष गरेको तर त्यसमा सफल हुन नसकेको उल्लेख गरेका छन् । उनले अब आफुले थप कुनै दबाब लिन नसक्ने भन्दै असफल उद्यमी भएको बताएका छन् । तर उनले कम्पनीको सम्पति दायित्व भन्दा बढी भएकोले सबैलाई पैसा फिर्ता गर्न सक्ने समेत उल्लेख गरेका छन् ।

नेपालका विभिन्न स्थानमा समेत सीसीडीको चेन रहेको छ ।

हेर्नुस उनको पत्रः

प्रतिक्रिया
सम्बन्धित खवर

रिकिविक । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा

प्योङयाङ । उत्तर कोरियाका नेता किम जङ–अनकी बहिनी किम–यो–जङले दक्षिण कोरियाले उत्तर कोरियालाई हेर्ने ‘कटुतापूर्ण व्यवहारलाई’ परित्याग गरेमा सियोलसँग यसद्ध

वर्लिन । जर्मनीमा आईतबार सम्पन्न आमनिर्वाचनमा त्यहाँको प्रमुख विपक्षी सोसल डेमोक्रयाटिक पार्टी (एसपीडी) विजयउन्मुख भएको छ । एन्जेला मर्केलको सत्तारुढ

एजेन्सी । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार

आजको प्रमुख समाचार