राष्ट्र बैंकको उदेश्यमा फेरि तुसारापात, २१ स्थानीय तहमा अझै पुगेनन् बैंक

१४ श्रावण २०७६, मंगलवार १४:३९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ साउन । कुल ७५३ स्थानीय तहमध्ये २१ वटा स्थानीय तह वाणिज्य बैंक बिहिन अवस्थामा छन् । १ नगरपालिकासहित २१ स्थानीय तहमा अझै वाणिज्य बैंकको शाखा नपुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । सबैभन्दा धेरै कर्णाली प्रदेशको ८ स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी छ । प्रदेश नम्बर ५ को सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगिसकेको छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०७४÷०७५ को बजेट मार्फत स्थानीय तहको बजेट खाता वाणिज्य बैंकमार्फत सञ्चालन गर्नुपर्ने र त्यसको लागि ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने बताएको थियो । आर्थिक वर्ष २०७४÷०७५ को मौद्रिक नीतिमा राष्ट्र बैंकले स्थानीय तहमा वाणिज्य बैंकहरुलाई अनिवार्य शाखा खोल्न निर्देशन दिँदै प्रोत्साहन स्वरुप १ करोड रुपैयाँ निब्र्याजी चलाउन दिने बताएको थियो । सोही बमोजिम स्टान्डर्ड चाटर्ड बैंक बाहेक २७ वटा वाणिज्य बैंकले विभिन्न स्थानीय तहमा शाखा खोलेका छन् । गत असार मसान्तसम्ममा ७५३ मध्ये ७३२ स्थानीय तहमा बैंक शाखा पुगेको छ ।

बैंक शाखा सञ्चालनका लागि आवश्यक पूर्वाधार पुगेका स्थानीय तहमा शाखा खोलिसकिएको बैंकले बताउँदै आएका छन् ।

बैंक पुग्न बाँकी स्थानीय तह कुन कुन हुन् ?

प्रदेश नंम्बर १ मा ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका र प्रदेश नंम्बर २ मा पर्साको जिराभवानी गाउँपालिका र धनुषाको धनुषाधाम नगरपालिकामा बैंक शाखा पुग्न बाँकी छ । त्यस्तै प्रदेश नंम्बर ३ मा धादिङको रुभिभ्याली र नेत्रावती गाउँपालिका तथा गण्डकीमा गोरखाको धार्चे र मनाङ नार्फु गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्न बाँकी रहेको छ ।

कर्णाली प्रदेशका ८ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेको छ्रैन । कर्णाली प्रदेशमा बैंकको शाखा नपुगेको स्थानीय तहहरुमा डोल्पाको काइके, छार्का ताङसोङ, डोल्पो बुद्ध र शे–फोक्सुण्डो गाउँपालिका, कालिकोटको महावै गाउँपालिका तथा जारजरकोटको कुसे, जुनीचाँदी र बारेकोट गाउँपालिका रहेका छन् ।

यस्तै सुदुपश्चिम प्रदेशका पनि ६ वटा स्थानीय तहमा बैंकको शाखा पुग्न बाँकी रहेको छ । सुदुपश्चिम प्रदेशमा बाजुराको पाण्डप गुफा, गौमुल, बुढीनन्दा र स्वामीकार्तिक गाउँपालिका तथा बझाङ तलारा र काँडा गाउँपालिकामा वाणिज्य बैंकमो शाखा पुग्न बाँकी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक