प्रधानमन्त्री ओलीको नाममा अश्लिल वेबसाइट !

१४ श्रावण २०७६, मंगलवार १०:०१ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा गलत वेबसाइट खोलेको पाईएको छ । केपी शर्मा ओली डटकम नामको वेबसाइटमा अश्लिल सामाग्री राखिएको भेटिएको हो । तर यो प्रधानमन्त्रीको आधिकारिक वेबसाइट भने होइन । उनको आधिकारिक वेबसाइट केपीशर्मा ओली डटकम डट एनपी हो ।

यसरी मिल्दोजुल्दो हुने गरि कसले वेबसाइट खोल्यो भन्ने खुल्न सकेको छैन । यो वेबसाइट खोल्दा चिनियाँ भाषामा केहि अक्षरहरु देखिन्छन् भने दाहिने पट्टि एक नग्न युवतीको फोटो छ । वेबसाइटमा ओलीको फोटो वा उनी संग सम्बन्धित केहि पनि सामग्री भने छैन ।

प्रधानमन्त्रीको सचिवालयले केपीशर्मा ओली डटकम डटएनपी मात्र आधिकारिक वेबसाइट रहेको र केपीशर्मा ओली डटकम आफुहरुले दर्ता समेत नगरेकोले भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीले अन्य मिल्दो जुल्दो पेज हेरी भ्रममा नपर्न आग्रह गरेका हुन् ।

वेबसाइटहरु दर्ताको विवरण राख्ने हु इजमा उपलब्ध विवरण अनुसार यो वेबसाइट गत जेठ १४ मा दर्ता भएको देखिन्छ । १ बर्षको लागि वेबसाइट दर्ता भएको र वेबसाइटको रजिस्ट्रार चीनको छेङदु वेस्ट डाईमेन्सन डिजिटल टेक्नोलोजी कम्पनी लिमिटेड उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की