अन्तराष्ट्रिय अपराध अदालतमा लगे संसारकै हिरो हुन्थेः प्रचण्ड

१३ श्रावण २०७६, सोमबार १५:०३ मा प्रकाशित

काठमाडौँ, १३ साउन । सत्तारुढ नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेदरल्याण्डको हेगमा रहेको अन्तराष्ट्रिय अपराध अदालतमा पुर्याए आफू विश्वको हिरो बन्ने दाबी गरेका छन् । खुमलटारस्थित निवासमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह छोडेर नेकपामा प्रवेश गर्नेहरुलाई स्वागत गर्दै प्रचण्डले हेग लगे संसारभरका मानिसले एकसाथ चिन्ने र हिरो भएर निस्कने दाबी गरे ।

‘संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउने व्यक्तिलाई बदनाम गर्ने र सिध्याउने खेल हुँदैछ’ प्रचण्डले भने,‘एक जनाले त मलाई १३ हजार मानिस मारेको भनेर हेगमा उभ्याउने र जेल हाल्ने कुरा गर्नुभयो । मेरा लागि त्यो गर्वको कुरा हुन्थ्यो । किनकी विश्वभरका मानिसले एकै साथ चिन्थे। यो त शान्तिको पक्षमा रैछ, न्यायको पक्षमा रैछ भन्थे। म विश्वभर हिरो हुन्थें ।’

तर कसैले पनि आफूलाई हेग लैजान्छन् भन्नेमा विश्वास नभएको प्रचण्डको भनाई छ । ‘मलाई लाग्दैन यिनीहरूले मलाई हेग लैजान्छन्,’ उनले भने ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की