उद्योगमन्त्री नगई सकियो नेपाल–भारत लजिस्टिक समिट

१३ श्रावण २०७६, सोमबार ११:३३ मा प्रकाशित

काठमाडौँ, १३ साउन । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले आयोजना गरेको नेपाल–भारत लजिस्टिक समिट मन्त्री मातृका यादवको उपस्थिती बिना नै सकिएको छ । सम्मेलनको विशेष अथितिमा मन्त्री यादवको नाम भएपनि उनी कार्यक्रममा सहभागी भएनन् ।

मन्त्री यादव सम्मेलनमा सहभागी नहुने भएपछि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओली नै कार्यक्रममा पुगे । उभिएर मन्तव्य समेत राख्न नसक्ने अवस्थामा रहेका प्रधानमन्त्री ओलीले बसेरै आधा घण्टा लामो लिखित भाषण दिए ।

यता मन्त्री यादवका स्वकिय सचिव देवशरण यादवले भने नेपालमा पेट्रोलियम पदार्थ अन्वेषण गर्ने टोलीसँगको वार्तामा व्यवस्त भएकाले मन्त्री यादव सम्मेलनमा उपस्थित हुन नसक्नु भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका

काठमाडौं । नेपालीको महत्वपूर्ण चाडको रूपमा रहेको दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले आजदेखि नयाँ नोट उपलब्ध गराउने भएको

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक