सचिवालय बैठक अघि पूर्व एमालेको छुट्टै भेला

१३ श्रावण २०७६, सोमबार १०:३८ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १३ साउन । सत्तारुढ नेकपा केन्द्रीय सचिवालयको बैठकअघि तत्कालिन एमाले नेताहरुको छुट्टै बैठक बालुवाटारमा जारी छ । बिहान नौ बजेदेखि प्रधानमन्त्री निबासमा पूर्व एमाले नेताहरुको छुट्टै बैठक बसेको हो । बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसहित नेकपा सचिवालयमा रहेका पूर्व एमाले नेताहरु सहभागि छन् ।

दिउँसो ३ बजे नेकपा सचिवालयको बैठक बस्दैछ । नेकपामा स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेमा विवाद छ । स्कुल विभागमा सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दावी गरेका छन् । विवाद चुलिँदै गएपछि घनश्याम भुसाल र बेदुराम भुसालले पनि दावी प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे