वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभाव

१३ श्रावण २०७६, सोमबार ०८:४४ मा प्रकाशित

काठमाडौँ, १३ साउन । वीर अस्पतालमा चिकित्सक, नर्स तथा प्रयोगशालामा काम गर्ने स्वास्थ्यकर्मीको अभाव भएको छ । स्वास्थ्यकर्मी अभावका कारण दुईहप्ता अगाडि निर्माण सम्पन्न भएको एक सय शैय्याको नयाँ भवन प्रयोगमा आउन सकेको छैन ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गतको अस्पताल नयाँ भवन जापान सरकारको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको थियो । अस्पतालको १३०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा निर्देशक चिकित्सक केदार सेञ्जुरीले भने, “नयाँ भवन बन्यो तर चिकित्सक, नर्स र आवश्यक उपकरण तथा उपकरण सञ्चालन गर्ने जनशक्तिको अभावमा सञ्चालन गर्न सकिएको छैन ।”

नयाँ भवन सञ्चालनमा ल्याउन चाहिने स्वास्थ्यकर्मीको सङ्ख्या उनले केही खुलाउन भएन । विसं १९४७ आजकै दिन अस्पताल १५ श्ययाबाट अस्पताल सञ्चालनमा आएको थियो । चिकित्सा शिक्षा र स्वास्थ्यसेवाको केन्द्रीय अस्पताल ९सेन्टर रिफर सेन्टर० ४६० श्ययामा गरीब जनतालाई विशेषज्ञ सेवा प्रदान गर्ने गर्दछ । नर्सिङमा प्रवीणता प्रमाण तहदेखि एमडि, एमबिबिएस, एमएस, एफआरसिएस, पिजी, पीएचडीलगायत क्षेत्रमा अध्यापन हुनेगर्दछ ।

नयाँ भवन सञ्चालन एवं नयाँ जनशक्ति थप गर्न अस्पतालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको थियो । हालसम्म कुनै जानकारी नआएको निर्देशक सेञ्जुरीले बताए । विसं २०५९ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान स्थापना भएको थियो । गतवर्ष अस्पतालले ४४ हजार ५३४ आकस्मिक, तीन लाख ७८ हजार अन्तरङ, भर्ना १३ हजार १५९, शल्यक्रिया छ हजार ८७७ बिरामीलाई सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको