प्रधानन्यायधिश जबराको अर्को कदमः गोर्खा ब्रुअरीबाट ८८ करोड कर असुल्ने बाटो खुल्यो

९ श्रावण २०७६, बिहीबार १८:२० मा प्रकाशित

काठमाडौँ, ९ साउन । गोर्खा ब्रुअरी (गोर्खा वियर) बाट ८८ करोड अन्तशुल्क उठाउने बाटो खुलेको छ । सर्वोच्च अदालतका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले बुधबार उच्च अदालत पोखराको आदेश उल्ट्याईदिएपछि भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयले तोकेको अन्तःशुल्क उठाउन बाटो खुलेको हो ।

जेठ ९ गते गोर्खा ब्रुअरीको दुई वर्षको निर्धारण कर ८८ करोड ११ लाख १७ हजार ६२३ असुल पत्र पठाइएको आन्तरिक राजस्व कार्यालय भरतपुरले जनाएको छ । आर्थिक वर्ष २०७३/०७४ को ५२ करोड १६ लाख ३५ हजार ६८४ र २०७४/०७५ को ३५ करोड ९४ लाख ८१ हजार ९३८ निर्धारण गरी पत्र दिइएको थियो ।

दुई वर्षमा ब्रुअरीले जर्ती बढी कटाएपछि कार्यालयले कर निर्धारण गरेको हो । दुई प्रतिशत मात्र जर्ती पाउने भए पनि ‘फ्लोमिटर’ बिग्रिएको भन्दै ब्रुअरीले धेरै जर्ती कटाएपछि राजस्व कार्यालयले सो को कर निर्धारण गरेको जनाएको छ ।

निर्धारण गरेको करमा असहमति जनाउँदै ब्रुअरीले जेठ १९ गते पोखरास्थित उच्च अदालतमा रिट दायर गरेकामा उक्त अदालतले असार ११ गते कार्यालयका नाममा प्रारम्भिक कर निर्धारण कार्यान्वयन नगर्न र यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश जारी गरेको थियो ।

ब्रुअरीविरुद्ध राजस्व कार्यालयले गत मंगलबार सर्वोच्च अदातलमा रिट दायर गरेको थियो । प्रधानन्यायाधीश जवराको इजलासले पोखरास्थित उच्च अदालतले जारी गरेको अन्तरिम आदेश कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेपछि कर असुल्ने बाटो खुलेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको