गुण्डा छुटाउन ‘नबिना लामा’ले ‘डिएसपी’लाई गरेको फोन पत्रकारलाई परेपछि ………

९ श्रावण २०७६, बिहीबार १४:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ साउन । काभ्रेली समूहका डन ‘सत्यमान लामा’ असार २८ गते बालुवाटारबाट पक्राउ परे । प्रहरीको खोजी सूचीमा रहेका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गर्यो ।

गुण्डागर्दी र हप्ता असुलीमा संलग्न उनलाई प्रहरीले समातेपछि नेकपाकी सांसद एवम् तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी अध्यक्ष नबिना लामा छुटाउन सक्रिय भएर लागेकी छिन् । बारम्बार पत्रकारलाई डिएसपी साप भन्दै फोन गरेर उनले छुटाउने काममा सहजिकरण गरिदिन याचना गरेकी छिन् ।

केही दिन अघि नबिना लामाको क्याफेका विषयमा कुरा गर्ने र नेपाली युवाहरुलाई उद्यमतर्फ आकर्षित हुन प्रेरित गर्ने भिडियो कुराकानीका लागि उनीसँग सम्पर्क भएको थियो । तर लामाको ब्यस्तताका कारण यो उदेश्य पूरा भएन ।

त्यतिबेला सम्पर्क गरेको मोबाईल नम्बरलाई लामाले डिएसपी भनेर सेभ गरेको आँकलन गरिन्छ । किनभने, उनले बारम्बार फोन गरेर सत्य लामालाई यसरी राख्न नहुने र बिहिबार पनि ल्याउने भनेको सुनेको छु भन्दै के का लागि ल्याउन लागिएको हो बुझिदिन भनेकी छिन् । ‘ठगी केशमा पक्राउ परेका हुन्, तपाई डिएसपी भएर सोधेको, थाहा होला’ उनले भनिन, ‘यसरी २०÷२२ दिन राख्न पाईँदैन, जतिसक्दो चाँडो सहजिकरण गर्दिनु परो ।’ लामाले बुझेर आफूलाई खबर गर्न भनेकी छिन् ।

सत्य लामाले भूकम्पले क्षतिग्रस्त बनेको काभ्रेको तिमाल गाउँपालिका ५ नारायणस्थानमा हस्पिटल बनाउने भन्दै उठाएको १ करोड ७५ लाख ठगी गरेर फरार भएको आरोप छ । उनले ताइवानको एक संस्थाबाट २५ शैयाको हस्पिटल बनाउने भन्दै पैसा लिएका थिए । उनी बुद्धचित्त र रक्तचन्दन तस्करीमा समेत संलग्न थिए ।

काभ्रेका गुण्डागर्दीमा संलग्न युवाहरु पक्राउ पर्नासाथ नबिना लामा छुटाउन सक्रिय भएर लाग्ने गरेको आरोप यसअघि पनि उनीमाथि लागेको थियो । यसपटक भने यी घटनाक्रमले त्यो आरोप नभई सत्य भएको पुष्टि भएको छ । यसअघि पनि सत्यमान लामा पक्राउ परेपछि छुटाउन पुगेकी नबिनालाई प्रहरी अपराध महाशाखा काठमाडौंका प्रहरी प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर पठाएको समाचार बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

आजको प्रमुख समाचार