सञ्चय कोषमा इ–पेमेन्ट सुरु

९ श्रावण २०७६, बिहीबार १३:०९ मा प्रकाशित

काठमाडौँ, ९ साउन । कर्मचारी सञ्चय कोषले प्रदान गर्ने गरेको धितो कर्जा, सोझै लाभग्राहीको बैंक खातामा जम्मा हुने व्यवस्थाको सुरुवात गरेको छ । उक्त व्यवस्थाको लागी कोषले नेपाल क्लियरिङ्ग हाउसको NCHL-IPS तथा connectIPS e-payment प्रणालीहरुसँग पूर्ण रुपमा इन्टिग्रेसन गरेको छ । उक्त व्यवस्थाको कोषका प्रशाशक तुलसी प्रसाद गौतम, एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानको उपस्थितिमा शुभारम्भ भएको छ ।

कोषले आफ्नो धितो कर्जा स्किम अन्तर्गत स्वीकृत भएको आवास कर्जाको भुक्तानी हालको लागी हिमालयन बैंक तथा एनएमबि बैंक मार्फत गर्ने भएको छ ।

लाभग्राहीले कोषमा आफ्नो बैंक खाता अध्यावधि गराएको अवस्थामा स्वीकृृत कर्जा, नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध सदस्य बैंक तथा वित्तिय संस्थाहरुमा रहेकोे लाभग्राहीको जुनसुकै खातामा पनि सो रकम सोझै जम्मा गरिने छ । अब सेवाग्राहीले रकम प्राप्त गर्न बैंक वा कोषको कार्यालय धाउनु नपर्ने भएको छ ।

कर्मचारी सञ्चय कोष ऐन अन्तर्गत स्थापित कर्मचारी सञ्चय कोषमा ५.५ लाख सञ्चयकर्ता र ३० हजार संस्थाहरु आबद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक