घर/गाडी किन्न दिने ऋणमा अधिकतम सीमा

९ श्रावण २०७६, बिहीबार ११:१७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ९ साउन । नेपाल राष्ट्र बैंकले घर र गाडी किन्न दिने ऋणमा केही कडाई गरेको छ । मौद्रिक नीतिमार्फत ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख गर्दै राष्ट्र बैंकले यसै अनुसार सर्कुलर जारी गर्ने भएको हो ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने बताए । उनका अनुसार घर वा गाडी किन्न ऋण दिँदा व्यक्तिले मासिक आम्दानीको तिर्न सक्ने किस्ताको अनुपातमा मात्रै ऋण दिईने छ ।
मौद्रिक नीतिमा ‘व्यक्तिगत प्रकृतिका कर्जा, घर कर्जा तथा हायर पर्चेज कर्जालगायतका किस्ता भुक्तानीमा आधारित गैरव्यावसायिक कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपात को अधिकतम सीमा कायम गरिनेछ’ भनिएको छ ।

यस सम्बन्धमा नेपाल अटोमोबाईल्स डिलर्स एसोसियसन (नाडा) का अध्यक्ष शम्भु प्रसाद दाहाल आम्दानी अनुसार बैंकले ऋण दिने कुरा ठिक भएको बताउँछन् । उनले व्यवसायीक दृष्टिकोणले ऋण तिर्न नसक्नेका लागि बैंकले लगानी नगर्नु स्वभाविक भएको भन्दै क्षमता अनुसार दिनु व्यवसायीक नजर भएको बताए । तर राजश्वमा आधारित अर्थतन्त्र भएको मूलुकमा कर धेरै तिर्ने क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति नआएको भन्दै अध्यक्ष दाहालले घट्दो क्रममा रहेको अटोमोबाईल्सको बजारमा नीतिले पनि केही प्रभाव पार्न सक्ने बताए ।

निम्न आयस्तर भएका व्यक्तिहरुमा राज्यले लगानी नगर्ने उदाहरणका रुपमा मौद्रिक नीति आएको भन्दै आलोचना भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । नेपाल र बङ्गलादेशले संयुक्त रुपमा ६८३ मेगावाट क्षमताको सुनकोशी तेस्रो अर्धजलाशयुक्त आयोजना निर्माण गर्ने भएका छन् । आगामी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक