राष्ट्रपति हतार नगर्ने मानसिकतामा, तीन सातापछि अर्को बैठक

२३ श्रावण २०६९, मंगलवार २२:११ मा प्रकाशित

काठमाडौं, २३ साउन । कामचलाउ सरकारलाई विस्थापित गर्न राष्ट्रपति डा. रामवरण यादवले निर्णायक कदम चाल्नुहुने आशा सर्वत्र गरिएको भए पनि तत्काल राष्ट्रपतिबाट कुनै प्रकारको ठोस कदम नचालिने भएको छ । विपक्षी दलहरूले राष्ट्रपतिमाथि वर्तमान सरकारलाई हटाएर संविधानको धारा ३८ (१) अनुसार राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति आह्वान गर्न दबाब दिंदै आएका छन् । तर, राष्ट्रपति तत्काल त्यस किसिमको निर्णय लिने मानसिकतामा हुनुहुन्न । उहांले यसै साता सबै राजनीतिक दलहरूलाई बोलाएर सहमतिको सरकार गठनका निम्ति निर्णायक पहल गर्न सुझाउनुभयो । अब तीन सातापछि पुनः यसरी नै सबै दलका नेताहरूलाई बोलाएर सहमति गर्न ‘दबाब दिनुहुने’ भएको छ । त्यसअघि विभिन्न दलका नेताहरूलाई अलगअलग बोलाई राष्ट्रपतिले परामर्श गर्नुहुने बुझिएको छ । राष्ट्रपतिको यस किसिमको व्यवहारले तत्काल सरकार बदल्न चाहनेहरूलाई निराश तुल्याएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सिङ्गो सत्तापक्ष भने राष्ट्रपतिको कार्यशैलीप्रति प्रसन्न रहेका छन् । राष्ट्रपतिको व्यवहार र कार्यशैलीले तत्काल बाबुराम सरकारको निरन्तरतालाई सहयोग पु¥याइरहेको भए पनि अन्ततः ठोस निर्णय लिन राष्ट्रपति बाध्य हुनुहुने विश्वास गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पहिरोका कारण सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गका धेरै ठाउँमा पहिरो खसेको र

नवलपरासी । नवलपुर (नवलपरासी पूर्व) को मध्यविन्दु नगरपालिका-१० मा पर्ने तीन वटा खहरेखोलाको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको

बागलुङ । निरन्तरको वर्षाका कारण बागलुङका दुई ठूला राजमार्ग अवरुद्ध भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल

चितवन । विकास गतिमा तीव्ररुपमा अघि बढिरहेको भरतपुर महानगरपालिकामा योजना लिएर गएपछि रित्तो हात फर्किनु पर्दैन । महानगरभित्रका वडाध्यक्षहरू योजना

आजको प्रमुख समाचार