‘हेलिकप्टरबाट हेरेर उद्धार हुन्छ ?’

८ श्रावण २०७६, बुधबार १६:५६ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने बताए ।

‘भारत सरकारसँग कुरा गर्नुपर्ने बेला भईसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिन सम्म चल्छ यो ?’ देउवाले प्रशन गरे ।

‘टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी, पहिरो र डुबानमा परि घर विहिन भएका छन् उनलाई खाद्यान्न दिने, लत्ता कपडा दिने, पाल दिने, ओत दिने काम केही गरेको छैन । केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आईएनजिओहरुले गरेका छन् । तर सरकारबाट केही पनि भएको छैन । हेलिकोप्टरबाट हेरेर मात्रै उद्धार हुन्छ ?’ देउवाले फेरि प्रश्न गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी