संसद सुचारु गर्न विपक्षी दल सहमत

८ श्रावण २०७६, बुधबार १३:०१ मा प्रकाशित

काठमाडौँ, ८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपाल संसद सुचारु गर्न सहमत भएका छन् । बुधबार सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षमा भएको छलफलमा उनीहरुले सहमति जनाएका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी दल राजपाले बाढी, पहिरो, डुबान लगायतका बारेमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने र सदन सुचारू गर्ने सहमति भएको हो । दिउसो १ बजेका लागि बोलाइएको बैठक साढे २ बजेका लागि सारिएको छ । १ बजे कार्यब्यवस्थाको बैठक बस्नेछ ।

बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँड, पुष्पा भुसाल, मिनेन्द्र रिजाल र दिलेन्द्र बडु, पार्वती डिसी चौधरी सहभागि थिए । सत्ता पक्षका तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, प्रमुख सचेतक देव गरूङ, राजपा अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादव र लक्ष्मणलाल कर्ण लगायत बैठकमा सहभागी थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी