बैतडीमा जीप दुर्घटना, एकको मृत्यु

८ श्रावण २०७६, बुधबार १०:०३ मा प्रकाशित

बैतडी, ८ साउन । दार्चुलाबाट धनगढी जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। भीमदत्त राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेको आरुबाट नजिकै बन्तड भन्ने भिरमा से१ज ५२२४ नम्बरको जिप आज बिहान सवा ५ बजेतिर दुर्घटना भएको हो।

जिप भीरबाट झण्डै अढाई सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। दुर्घटनामा परी मृत्यु हुनेको सनाखत हुन सकेको छैन। समान्य घाइते दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुका हिक्मत सामन्तलाई थप उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लगिएको छ। दुर्घटनामा परी गम्भीर घाइते भएका अर्का एकजनालाई पनि उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको