गुल्मीमा पहिरो, एकै घरका ९ सहित ११ जनाको मृत्यु, ४ वेपत्ता

७ श्रावण २०७६, मंगलवार १३:५० मा प्रकाशित

गुल्मी, ७ साउन । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सत्यबति गाउँपालिकाका २ वटा वडामा पहिरोमा परि ११ जनाको मृत्यु भएको हो ।

वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ६५ वर्षिय छल्ली बिक, २८ पम्फा १२ वर्षिय अंजली बिक, १० वर्षिय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक, सन्दीप बिक रहेका छन् । त्यस्तै सोहि गाउँपालिका ३ को ठूलोलुम्पेक कसिन डाँडामा पुरिएर ३२ वर्षिय तिलकुमारी त्रामु र उनका ९ वर्षिय छोरा दर्शन त्रामुको मृत्यु भएको हो ।

सोही वडामा पहिरोले रुद्र बिकको घर बगाउँदा ४० वर्षिय मायाँ बिक र १६ वर्षिय गबि बिक बेपत्ता भएका छन् । अरु २ जना बेपत्ताको परिचय ख्ल्न सकेको छैन । पहिरोमा पुरिएर सत्यवति ४ का १० वर्षिय करिश्मा त्रामु र १३ वर्षिय धनि त्रामु घाइते भएका छन् ।

घटना स्थल पुग्न जिल्ला सदरमुकाम तम्घासबाट ३ घण्टा भन्दा बढी समय लाग्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको