मकवानपुरमा भारतीय ट्रकद्वारा ५ सवारीलाई ठक्कर, २ जनाको मृत्यु

७ श्रावण २०७६, मंगलवार १३:३३ मा प्रकाशित

हेटौडा, ७ साउन । हेटौंडा उपमहानगरपालिका १५ मा भारतीय ट्रकले ५ सवारीसाधनलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । एमएन ०१ डी ८०३१ नम्बरको भारतीय लहरी ट्रकले २ वटा बस, एउटा टाटा सुमो, एउटा अटो रिक्सा र एक मोटरसाइकललाई ठक्कर दिएको हो ।

लहरीको ठक्करपछि नाम नखुलेका मोटरसाइकल चालक र अटो रिक्साका चालकको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । अन्य ८ जना घाइते भएका छन् ।

दुर्घटनामा परेको मोटरसाइकल तथा रिक्साको नम्बर प्लेट खेलेको छैन । अन्य घाईतेको पनि परिचय खुल्न सकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको