बारा र पर्सामा बाढीको सम्भावना, २ लाखलाई मोबाइलमा एसएमएस

७ श्रावण २०७६, मंगलवार १३:२५ मा प्रकाशित

काठमाडौँ, ७ साउन । मंगलबार दिउँसो तराईका केहि स्थानमा भारी बर्षा भईरहेको छ । मौसम पूर्वानुमान महाशाखाले बारा र पर्सा जिल्लाका धेरै स्थानहरूमा सतर्कता तह भन्दा बढीको बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेको जनाएको छ ।

भारी बर्षाका कारण बारा र पर्साका साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने भएकोले बेलुका सम्मै सतर्क रहन बिभागले आग्रह गरेको छ । सतर्कता अपनाउन विभागले त्यस क्षेत्रका २ लाख बढीलाई मोबाइलमा एसएमएस समेत पठाएको छ । टेलिकमको ८५ हजार र एनसेलको १ लाख ४४ हजार बढी मोबाइलमा एसएमएस पठाईएको विभागले जनाएको हो ।

पर्सा, चितवन, बारा, सुनसरी, मोरङ जिल्ला र आसपास पनि भारी बर्षा भईरहेकोले उक्त जिल्लाका साना नदी तटीय क्षेत्रमा खतरा तह आसपासको बाढी आउन सक्ने विभागले जनाएको छ ।

विभागले आज मंगलबार र भोली बुधबार कन्काई,कमला,बागमती, पूर्वी राप्ती लगायतमा बहाव उल्लेख्य बढ्ने, केही शाखा नदीमा बहाव खतरा तह सम्म पुग्न सक्ने, प्रदेश १,२,३ र ५ का तराई र पहाडका केही साना नदीमा आकस्मिक बाढीको संभावना रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार