इन्टरनेटबाटै बाढीको पूर्वसूचना

२३ श्रावण २०६९, मंगलवार २०:१८ मा प्रकाशित

चितवन (रत्ननगर), २३ साउन । चितवनमा पहिलोपटक यहाँका नदीहरुमा आएको बाढीको अवस्था इन्टरनेटबाटै थाहा पाउन सकिने प्रविधि प्रयोगमा ल्याइएको छ ।
यसअघि मानिस गएर नदीमै वर्षा मापन हेरेपछि मात्रै बाढीको सतह र वर्षाको अवस्था थाहा पाउने गरिएकोमा अब घरमै बसेर बाढीको अवस्था थाहा पाउन सकिने भएको छ । यसका लागि जोसुकैले www.dhm.gov.np अथवा www.hydrology.gov.np लगअन गरेर चाहिएको नदीमा ‘क्लीक’ गरेर तथ्याङ्क लिन सकिने छ ।
‘टेलिमेट्रिक सिस्टम’ अर्थात ‘रियल टाईम डाटा’अन्तर्गत नेपालको जल तथा मौसम विज्ञान विभागले यस्तो आधुनिक प्रविधि भित्र्याएको हो । जिल्ला विपद् व्यवस्थापन समिति चितवनका स्रोत व्यक्ति बलराम लुइँटेलले नेपालमै पहिलोपटक चितवनमा यो प्रविधिको थालनी गरिएको दाबी गर्नुभयो ।
‘टेलिमेट्रिक सिष्टम’ कार्यालयकी प्रमुख विभूति पोख्रेलले यो प्रविधिबाट इन्टरनेट सुविधा पुगेको जुनसुकै कुनाबाट पनि यहाँका कुनै पनि नदीको वर्षा र बाढीको अवस्था थाहा पाउन सकिने जानकारी दिनुभयो । सो प्रविधिमा खतराको सङ्केत र उच्च खतराको सङ्केत समेत राखिएको र उच्च खतराका बेलामा कम्युटरमै साइरन समेत बज्ने भएकाले प्रभावकारी हुने उहाँले बताउनुभयो ।
यो प्रविधिमा व्यासिन मेसिन पानीको सतहमा राखिने र सो मेसिनमार्फत पानीको तह ‘डाटालगर’मार्फत सर्भरबाट बाहिर पठाउने गरिन्छ । प्रत्येक पाँच÷पाँच मिनेटमा तथ्याङ्क प्राप्त हुने हुनाले पूर्वसूचना सजिलै पाउने र समयमै सुरक्षित हुन आह्वान गर्न सकिने सहयोगी संस्था प्राक्टिकल एक्सनका वुद्धि कुमालले जानकारी दिनभुयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिकी अन्तरिक्ष निकाय नासाले मङ्गल ग्रहमा एक सानो हेलिकप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालमा ‘फाइभजी’ सेवा चाँडै नै परीक्षण गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

काठमाडौँ । विदेशी वायुसेवा कम्पनीहरुले नेपाली आकाशमा उडान गर्दा अब दूरसञ्चार सेवा उपयोग गर्न पाउने भएका छन् । नेपाल दूरसञ्चार

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ