पहिरोले पुर्दा ६ जनाको मृत्यु, ५ वेपत्ता

७ श्रावण २०७६, मंगलवार १०:२९ मा प्रकाशित

गुल्मी, ७ साउन । गुल्मीको सत्यवति गाउँपालिकामा पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् । गाउँपालिकाको लिम्घा र ठुलो लुम्पेकमा पहिरो गएको पहिरोमा परि दुई जना घाइते भएका छन् ।

दुई सय मिटर माथीबाट आएको पहिरोले ढाल बहादुर विक, छलि विक र पम्फा विकको घर पुरेको छ । तीन घरमा नौ जना बस्दै आएका थिए ।

त्यस्तै गाउँपालिकाको ठुलोलुम्पेकमा पहिरो जाँदा आमा छोराको ज्यान गएको छ । सोमबार रातिदेखि परेको वर्षाका कारण लुम्पेकका तिल कुमारी तरामु र दर्शन तरामुको पुरिएर ज्यान गएको हो । बेपत्ताको खोजि कार्य जारि रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे