प्रदेश नं ५ को सबै स्थानीय तहमा ‘वास’ कार्यक्रम

७ श्रावण २०७६, मंगलवार ०५:४८ मा प्रकाशित

बुटवल, ६ साउन । प्रदेश नं ५ सरकारले प्रदेशका सम्पूर्ण स्थानीय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रम लागू गर्नेभएको छ । प्रदेश सरकारले स्थानीय तहमा खानेपानी तथा सरसफाइ योजनामा एकरुपता कायम गर्ने उद्देश्यले यस्तो कार्यविधि स्वीकृत गरेको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशका स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्न खानेपानी सरसफाइ तथा स्वच्छता (वास) कार्यविधि, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

वास कार्यविधिमा प्रदेशका सम्पूर्ण स्थानीय तहले आफ्नो पालिकामा कार्यक्रम सञ्चालन गर्न वासको कायविधि बनाउनुपर्ने व्यवस्था गरिएको छ । स्थानीय तहका कार्यविधिअनुसार उनीहरुले कार्यक्रम सञ्चालन गर्ने तथा प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको खानेपानी महाशाखाले अनुगमन गर्ने छ ।

कार्यविधिअनुसार प्रदेश सरकारले निर्माण गरेको एप्सअनुसार स्थानीय तहले आफ्नो पालिकामा खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रमका लागि आवश्यकता अनुसारको निवेदन आह्वान गर्नसक्ने व्यवस्था मिलाइएको छ । यसैगरी बैठकले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी कार्यविधि, २०७६ समेत स्वीकृत गरेको छ । यो कार्यविधिले प्रदेशमा सञ्चालन हुने शैक्षिक परामर्शसम्बन्धी संस्थाले अब प्रदेश सरकारले व्यवस्था गरे बमोजिम प्रदेश सरकारबाट अनुमति लिनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको प्रवक्ता चौधरीले बताउनुभयो ।

बैठकले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने सदस्यको भ्रमण स्वीकृत गर्ने निर्णयसमेत गरेको चौधरीले बताउनुभयो । चिनको कान्सु प्रान्तको सरकारका तर्फबाट मुख्यमन्त्री शङ्कर पोखरेललाई आएको भ्रमणको निम्तोमा मन्त्री गिरीको नेतृत्वमा नौ सदस्यीय टोलीलाई पठाउने निर्णय मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो । भ्रमणमा प्रदेशसभा सदस्यहरु दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बाबुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वसन्त अधिकारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र लुम्बिनी प्रादेशिक अस्पतालका चिकित्सक डा सागर न्यौपाने जानु हुनेछ ।

बैठकले रुपन्देहीको सैनामैना नगरपालिका र चीनको कान्सु प्रान्तअन्तर्गत ‘गान्नन तिब्बतियन अटोनोमस पर्फेक्चर’बीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारलाई सिफारिस पठाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

सुनसरी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश १ का दुई उपमहानगरपालिकाको नगर अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार पराजित

काठमाडौं ।नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा कार्यविभाजन गर्दा सुरुमा थोरै उपाध्यक्ष राख्ने प्रयास भएको थियो

काठमाडौँ । दिगो विकास लक्ष्य सुरु भएको छ वर्ष हुन लाग्दा पनि जनप्रतिनिधिको तहमै जानकारी नहुँदा कार्यान्वयनमा चुनौती देखिएको यस

आजको प्रमुख समाचार