नेपाल र जर्जियाबीच प्रवेशाज्ञा शुल्क नलिने सहमति

७ श्रावण २०७६, मंगलवार ०५:४२ मा प्रकाशित

काठमाडौँ, ६ साउन । नेपाल र जर्जियाबीच प्रवेशाज्ञा (भिजा)शुल्क नलिने सहमति भएको छ । नेपाल र जर्जियाबीच सचिवस्तरमा आज परराष्ट्र मन्त्रालयमा भएको वार्तामा त्यस्तो सहमति भएको हो ।

दुवै देशका कूूटनीतिक र सरकारी राहदानीवाहकलाई एकअर्काको देशमा प्रवेशाज्ञा शुुल्क नलिने सहमति भएको परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले राससलाई बताउनुभयो ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा सचिव वैरागी र उहाँका जर्जियाली समकक्षी अर्चिल जुलियासिभ्लीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । आजै नेपाल चेम्बर अफ कमर्स र जर्जियाली उद्योग वाणिज्य सङ्घबीच व्यापारिक साझेदारीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनको प्रतिनिधि छनोट प्रक्रियाबारे टुंगो लगाउन

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

आजको प्रमुख समाचार