ट्रम्प र खानबीच अफगानिस्तान द्वन्द्व समाधानका बिषयमा विचारविमर्श हुने

७ श्रावण २०७६, मंगलवार ०५:३३ मा प्रकाशित

वासिङ्टन, ६ साउन (एएफपी)। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच सोमबार भेटवार्ता हुन लागेको छ ।

उहाँहरुबीच मुख्य गरेर अफगानिस्तानमा १८ बर्षदेखि जारी युद्वका बारेमा छलफल हुने तय भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकाले अफगानी सरकार र विद्रोही तालिबान लडाकूबीचमा शान्ति सम्झौता गराउन चाहेकाले खानसँग ट्रम्पले अफगान युद्धका बारेमा छलफल गर्न लाग्नुभएको हो ।

चर्चित पूर्व क्रिकेट खेलाडी समेत रहनुभएका पाकिस्तानी प्रधानमन्त्री खान सोमबार पहिलो पटक प्रधानमन्त्रीका रूपमा ह्वाईट हाउस प्रवेश गर्न लाग्नुभएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पका वरिष्ठ अधिकारीहरूले अफगानिस्तानमा शान्ति वार्ता अगाडि बढाउनका लागि पाकिस्तानबाट सहयोगको वातावरण बनाउन यो भ्रमण उपलब्धिमुलक हुने अपेक्षा गरिएको बताएका छन् ।

उहाँले अमेरिकी केही मन्त्री, सांसदलगायतका सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री खान तीन दिने भ्रमणका लागि आइतबार अमेरिका आउनुभएको हो । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लाग्नुभएको थियो ।

अमेरिका आउदा उहाँले पाकिस्तानी एयरफोर्सको विमानसमेत प्रयोग नगरी नियमित उडानबाट अमेरिका आइपुग्नु भएको हो ।

उहाँले मुलुकको आर्थिक सङ्कट न्युनिकरणका लागि फजुल खर्च जोगाउने अभियान थाल्नु भएको छ । प्रधानमन्त्री खानले प्रधानमन्त्री पद सम्हालेलगत्तै अत्यधिक सुविधा सम्पन्न सरकारी निवासमा नबस्ने घोषणा गर्नुभएको थियो ।

फजुल खर्च नियन्त्रण गर्ने र सादा जीवनशैली अपनाउने खानको पछिल्ला कदमहरूको विश्वभरी प्रशंसा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि