भारतमा आइतबार चट्याङमा परेर ३२ जनाको मृत्यु

६ श्रावण २०७६, सोमबार १२:३२ मा प्रकाशित

उत्तर प्रदेश, ६ साउन । भारतको उत्तर प्रदेशमा आइतबार राति चट्याङमा परेर ३२ जनाको मृत्यु भएको छ । राज्यको अलग–अलग जिल्लामा चट्याङमा परि १३ जना घाइते भएका छन् । कानपुर र फतेहपुरमा सबैभन्दा धेरै ७/७ जनाको मृत्यु भएको छ ।

राजस्थानको झालावाडमा पनि महिलासहित ४ जनाको ज्यान गएको छ । पाली जिल्लामा २७ जना मजदुर घाइते भएका छन् । अविरल वर्षाबाट जोगिन रुखमुनि ओत लाग्दा चट्याङ परेर मृत्यु भएको बताईएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई ४/४ लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि