नक्कली नोटका कारोबारी सार्वजनिक

२३ श्रावण २०६९, मंगलवार २०:०५ मा प्रकाशित

काठमाडौँ, २३ साउन । ठूलो परिमाणमा भारतीय नक्कली नोटको कारोबारमा संलग्न दुई पाकिस्तानी र एक नेपाली नागरिकलाई नेपाल प्रहरीले आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर हनुमानढोकाले आज पत्रकार सम्मेलन गरी भारतीय नक्कली नोट २९ लाख ५० हजारसहित हिजो साँझ पक्राउ परेका तीन जनालाई सार्वजनिक गरेको हो ।सार्वजनिक गरिएका नक्कली नोट कारोबारमा संलग्न हुनेहरूमा पाकिस्तानी नागरिकद्वय सोहेल मोहम्मद स्माइल, मोहम्मद नइ मुल्लाह र बारा प्रभुरामपुर–८ निवासी रहमत बसिर धोबी छन् ।
काठमाडौँ उपत्यकाभित्र केही व्यक्तिले अवैधरुपमा भारतीय नक्कली नोटको कारोबार, प्रयोग एवम् ओसारपसार गर्दै आएको भन्ने सूचना प्राप्त भएको र सो सूचनाअनुसार खटिएको प्रहरीको विशेष टोलीले काठमाडौँको नयाँसडकस्थित क्लासिक होटलबाट नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका पाकिस्तानीद्वय हिजै पाकिस्तानी एयरलाइन्सद्वारा काठमाडौँ आएका थिए । प्रहरीले धोबीको साथबाट आठ लाख ५० हजार, स्माइलको साथबाट १० लाख ५० हजार र मुल्लाहको साथबाट १० लाख ५० हजार भारतीय नक्कली नोट बरामद गरेको थियो । बरामद गरिएका नोटहरू एक हजार र ५०० दरका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै