‘यहि अस्थामा सरकारको राजीनामा आउदैन’

२३ श्रावण २०६९, मंगलवार २०:०३ मा प्रकाशित

काठमाडौँ, २३ साउन । एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्नि सापकोटाले संविधानका विवादित विषयमा सहमति नभएसम्म वर्तमान सरकारले कुनै  हालतमा राजीनामा नदिने बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एमाओवादी बिट हेर्ने सञ्चारकर्मीहरूसँगको अन्तरक्रियामा उहाँले विकल्प तयार नभई सरकारले राजीनामा गरेर देशलाई अराजकतामा राख्न नहुने बताउनुभयो ।  उहाँले भन्नुभयो–“संविधानसभाको पुनःस्थापना वा नयाँ निर्वाचन के हुने भन्ने दलहरूबीच सहमति हुनु जरुरी छ, त्यो सहमति भएपछि मात्रै सरकार परिवर्तनबारे सोच्न सकिन्छ ।” उहाँले वर्तमान सरकारले राजीनामापछि नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन हुने भन्ने दलहरूबीच विगतमा भएको पाँचबुँदे सहमतिको औचित्य सकिएको बताउँदै सहमतिको आधारमा एमाओवादी, नेपाली काँग्रेस वा नेकपा (एमाले) जुनसुकै दलको नेतृत्वमा सरकार गठन हुन सक्ने उल्लेख गर्नुभयो । अहिले नै यो पार्टी र त्यो पार्टीको नेतृत्वमा सरकार गठन गरिनुपर्दछ र सरकारले जुनसुकै हालतमा राजीनामा दिनुपर्दछ भनेर गरिएको प्रचारको कुनै अर्थ छैन भन्दै उहाँले देशलाई अराजकतामा धकेल्ने काम आफ्नो पार्टीले गर्न नसक्ने बताउनुभयो ।
दलहरूबीच सहमतिको लागि आफ्नो पार्टीका तर्फबाट अधिकतम् प्रयास भए पनि नेपाली काँग्रेस र नेकपा (एमाले)नै तयार नभएको प्रवक्ता सापकोटाको आरोप छ ।
उहाँले नेपाली काँग्रेसले विशेषगरी संसदीय निर्वाचनको कुरालाई अगाडि सारेर जनयुद्ध, जनआन्दोलनबाट उपलब्धिको रुपमा रहेको संविधानसभालाई पुनः सम्पन्न हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाउनुभयो ।
संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्नेमा आफ्नो पार्टी प्रष्ट रहेको चर्चा गर्दै उहाँले त्यसको कुनै पनि विकल्प आफ्नो पार्टीका लागि अस्वीकार्य रहेको बताउनुभयो ।    भारतीय जनता पार्टीका नेता यशवन्त सिन्हाले केही दिन अगाडि गरेको नेपाल भ्रमण शङ्कास्पद रहेको बताउँदै उहाँले भन्नुभयो– केही व्यक्तिहरू आफूले लेखेको पुस्तकको प्रचार गर्ने नाममा त केही व्यक्ति व्यक्तिगत निमन्त्रणाको नाममा यहाँ आएर नेपाल र नेपाली जनतालाई उपदेश दिनुको कुनै तुक छैन ।’

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले