चिनियाँ लगानीको हुवासिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न उप–समितिको सिफारिस

५ श्रावण २०७६, आईतवार १३:२४ मा प्रकाशित

काठमाडौँ, ५ साउन । संसदको सार्वजनिक लेखा समितिको उप–समितिले चिनियाँ लगानीको हुवासिन सिमेन्टसँगको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस गरेको छ । सांसद लेखराज भट्टको संयोजकत्वमा गठित उपसमितिले आइतबार लेखा समितिमा बुझाएको प्रतिवेदनमा हुवासिन सिमेन्टले धादिङमा ५० वर्षका लागि लिएको जग्गा भाडा सम्झौता रद्द गर्न सिफारिस गरेको हो ।

समितिले जग्गा भाडामा दिने कार्यमा संलग्न अधिकारीलाई कारबाही गर्न पनि सिफारिस गरेको छ । लगानी बोर्ड ऐन २०६८ को दफा १० को उपदफा ९ तथा लगानी बोर्ड नियमावलीको नियम १९ को उपनियम ४ बमोजिम सिमेन्ट उद्योगमा लगानी गर्न अनुमति प्राप्त गर्दा र उद्योग विभागबाट उद्योग दर्ता प्रमाणपत्र प्राप्त गर्दा तोकिएको सर्त पूरा नगरेपछि जग्गा भाडा रद्द गर्न सिफारिस गरेको उपसमितिले जनाएको छ ।

केही दिनअघि अविरल वर्षापछिको बाढीले उक्त सिमेन्ट उद्योगले भाडामा लिएको जग्गा डुवानमा परेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको