पाकिस्तानी प्रधानमन्त्री इमरान खान अमेरिका भ्रमणमा, भारतको चासो

५ श्रावण २०७६, आईतवार १०:३६ मा प्रकाशित

काठमाडौँ, ५ साउन । पाकिस्तानी प्रधानमन्त्री इमरान खान तीन दिने अमेरिका भ्रमणमा गएका छन् । भ्रमणका क्रममा खानले मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नेछन् । अमेरिका भ्रमणमा इमरान खानसँगै पाकिस्तानका सेना प्रमुख जनरल कमर जावेद बाजवा पनि छन् ।

ट्रम्प–इमरान भेटवार्ताको पहल साउदी राजकुमार मोहम्मद बिल सलमानले गरेको बताइन्छ । अखबार एक्सप्रेसका अनुसार इमरान खानको अमेरिकी यात्रा धेरै महिनादेखिको कूटनीतिक पहलको परिणाम हो । यसमा सबैभन्दा बढी भूमिका साउदी अबरका राजकुमार एवम् साउदी राजगद्दीका हकदान मोहम्मद बिन सलमान (एमबीएस)ले निर्वाह गरे ।

भारतले इमरान खानको अमेरिका भ्रमणलाई चासोका साथ हेरेको छ । अमेरिका भ्रमणको पूर्वसन्ध्यामा पाकिस्तानको भूमिमा सक्रिय आतंकवादी संगठन लश्कर–ए–तोयबाका प्रमुख हाफिज सइद पक्राउ परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

ढाका । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि

कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले शुक्रबार ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ कारण देखाउँदै राजीनामा दिनुभएको छ । विदेशी विनिमय सङ्कट

काबुल । अफगानिस्तानको सत्तामा पुगेको तालिवानले छिमेकी मुलुक चीनसँगको सम्बन्ध सुधार गर्दै अघि बढ्ने चाहना व्यक्त गरेको छ । तालिवानका

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मी सहित ६० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ । विष्फोटपछि