सिफारिसका लागि आठ हजार

२३ श्रावण २०६९, मंगलवार १९:४७ मा प्रकाशित

कालीकोट, २३ साउन । युवा तथा साना स्वरोजगार कोषको थोक कर्जा लिनका लागि आह्वान गरेको सूचनाअनुसार कालीकोटका सहकारी संस्थाहरुलाई कालीकोट उद्योग वाणिज्य सङ्घले सिफारिसका लागि मोटो रकम लिन थालेको छ ।
सदस्यहरुको मासिक बचतबाट सुरु गरेको स–साना सहकारीहरुलाई सिफारिस माग्दा रु आठ हजार ५०० शुल्क तिर्नु परेपछि समस्यामा परेका हुन् । कालीकोट उद्योग वाणिज्य सङ्घको आज बसेको बैठकले सिफारिसका लागि सो रकम लिने निर्णय गरेको हो ।
सङ्घका अध्यक्ष सूर्यबहादुर शाहीले उद्योग वाणिज्य सङ्घको कार्यालय स्थापनाका लागि उक्त दस्तुर लिनुपरेको बताउँदै यसबाट करोडौँको कारोबार गर्ने संस्थाहरुलाई त्यति ठूलो समस्या नआउने बताउनुभयो ।    सङ्घका वरिष्ठ उपाध्यक्ष भानुभक्त बरालले सिफारिसका लागि रु ३०० लिने निर्णय यसअघि भएको बताउनुभयो । अल्पमत सङ्ख्या भएकाले सो निर्णय लागू नहुने उहाँको दाबी छ ।
जिल्ला सहकारी सङ्घ कालीकोटका कोषाध्यक्ष कालीबहादुर महताराले सहकारी संस्थाको ढाड सेकिने गरी सिफारिस दस्तुर लिएको भन्दै आपत्ति जनाउनुभयो ।
सहकारी संस्थाहरुले युवा तथा साना स्वरोजगार कोषको कर्जा पाउने आशमा सिफारिस माग्न जाँदा सहकारीविरुद्ध निर्णय भएको बताएका छन् । कालीकोटमा साना व्यवसाय गर्दै आएका १०० सहकारी संस्था छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको

भक्तपुर । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठाँै