सचिवालय बैठक अघि पूर्वमाओवादीको आन्तरिक छलफल !

५ श्रावण २०७६, आईतवार १०:२७ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ५ साउन । नेकपा सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदमा जिम्मेवारी बाडफाँड हुने स्रोतले जनाएको छ ।

पार्टी सचिवालय बैठक बस्नुअघि तत्कालीन नेकपा माओवादी केन्द्रका नेताहरुले आन्तरिक छलफल गरेका छन् । आइतबार बिहानै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा पूर्वमाओवादी नेताहरुले आन्तरिक छलफल गरेका छन् ।

नेकपाको ३२ केन्द्रीय विभागमध्ये पूर्वएमालेले १८ र पूर्वमाओवादीले १४ वटा पाउने छन् । पूर्वमाओवादीले पाएका विभागमा अर्थ र प्रचारको जिम्मेवारी कुन नेतालाई दिने भन्ने विवाद छ । यद्यपी आजको सचिवालय बैठकले सबै विभागको नेतृत्व टुंगो लगाउने दाबी गरिएको छ । पार्टी प्रवक्तासमेत रहेका नारायणकाजी श्रेष्ठको नाम यो विभागमा चर्चामा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

बेलकोटगढी । नुवाकोट बेलकोटगढी नगरपालिकालाई नेपाली कांग्रेसको १४ औं महाअधिवेशनले छप्पकै छोपेको छ । अधिवेशन नजिकिंदै गर्दा नगरसभापतिमा लेखनाथ मुडबरी

काठमाडौँ । परराष्ट्रमन्त्री डा नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी