तीन दिन पानी पर्ने सम्भावना

४ श्रावण २०७६, शनिबार १४:०९ मा प्रकाशित

काठमाडौँ, ४ साउन । शनिबार देशका केही स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणी भेगमा पुगेको भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागले आइतबार देशभर सामान्य बदली रही देशको पूर्वी र मध्य भागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले १, ३, ५ र गण्डकी नम्बर प्रदेशका मध्यपहाडी तथा चुरे हुँदै बग्ने नदीमा आकस्मिक बहावको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विगत २४ घण्टामा एक हजार ५५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको