लोकसेवाको विज्ञापन संविधानको मर्म विपरितः प्रचण्ड

४ श्रावण २०७६, शनिबार १३:५१ मा प्रकाशित

काठमाडौँ, ४ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोकसेवा आयोगले खेलाएको विज्ञापन खारेज हुनुपर्ने बताएका छन् । खुमलटारस्थित आफ्नै निवासमा आरक्षण बचाऊ आन्दोलनको ज्ञापनपत्र बुझ्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संसदीय समितिले खारेज गर्न निर्देशन दिइसकेको हुँनाले आफूले धेरै भनिराख्नुपर्ने विषय नभएको बताए ।

विज्ञापनले संविधानको मूल मर्मलाई पक्रन नसकेको उनको टिप्पणी छ । प्रचण्डले भने, ‘संविधानको मूल मर्म भनेको समावेशिता हो । संघीयता हो । संघीयता र समावेशिताको मर्म र भावनालाई यसले बेवास्ता गरेको छ । त्यसकारण यसलाई करेक्सन गर्नुपर्छ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्तारुढ गठबन्धन दलहरुबीच दल विभाजन सम्बन्धि अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । अध्यादेश

काठमाडौं ।नेपाली काँग्रेस भरतपुर महानगरपालिकाको सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन् । सोमबार बिहान सकिएको मतगणनाअनुसार चित्रसेनले निकटतम प्रतिद्वन्द्वी भरत

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

काठमाडौं । नेकपा एमालेले उपाध्यक्षको संख्या स्थायी कमिटीबाट टुंगो लगाउने भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको तीनदेखि चलेको

आजको प्रमुख समाचार