ओलीले नमान्दा पनि बामदेवलाई कसले बनायो नेकपाको संगठन विभाग प्रमुख ?

४ श्रावण २०७६, शनिबार ०८:५४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ४ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संगठन विभाग प्रमुखको जिम्मेवारी बामदेव गौतमलाई दिने भएको छ । यसमा उनको विकल्प नदेखिए पनि स्कुल विभागमा भने तत्कालीन एमाले र माओवादीबीच तीव्र प्रतिस्पर्धा छ ।

नेकपाको ३२ विभागमध्ये संगठन र विदेश विभागसहित १८ तत्कालीन एमाले र प्रचार र अर्थसहित १४ विभाग तत्कालीन माओवादीले लिने सहमति छ । तर स्कुल विभागबारे सहमति हुन बाँकी छ । नेकपाले विभागीय प्रमुखहरु तोक्न ५ साउनमा सचिवालय बैठक पनि बोलाएको छ ।

विभागीय प्रमुखहरु टुंगो लगाउन पूर्वएमालेका नेताहरुको बैठक लगातार बिहिबार र शुक्रबार लगातार बालुवाटारमा बसेको थियो । बैठकमा विदेश विभागमा माधवकुमार नेपाल, नीति तथा प्रतिष्ठान विभागमा झलनाथ खनाल र संगठन विभागमा बादमेव गौतमलाई प्रमुख बनाउने सहमति भएको छ ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली गौतमलाई संगठन विभाग प्रमुख बनाउन तयार नभई रामबहादुर थापा बादललाई प्रमुख बनाउन लागि परेका थिए । बादल गृहमन्त्री रहेकाले उनको नाममा सहमति जुटेन । ओलीले फेरि अर्को विकल्प निकाल्दै तत्कालीन एमालेका संगठन विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङको नाम लिए । उनी गण्डकी प्रदेशका मुख्यमन्त्रीका साथै पार्टीका प्रदेश ईञ्चार्ज भएकाले धेरै भूमिका दिन नहुने भन्दै सचिवालयलका नेताले विरोध गरेपछि अन्त्यमा ओली गौतमलाई प्रमुख बनाउन राजी भए ।

स्कुल विभागमा रक्षामन्त्री समेत रहेका तत्कालीन एमाले महासचिव इश्वर पोखरेल र नेकपाका प्रवक्ता समेत रहेका तत्कालीन माओवादीका नेता नारायणकाजी श्रेष्ठको दाबी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे