क्रिकेटमा नयाँ नियम लागु

३ श्रावण २०७६, शुक्रबार १८:५१ मा प्रकाशित

काठमाडौँ, ३ साउन । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि)ले क्रिकेट खेलमा केहि नियम परिमार्जन गरेको छ । बोर्डको बैठकले खेलको क्रममा सुस्त गतिमा ओभर सक्ने टिमको क्याप्टेनलाई कारवाहि गर्ने नियम परिमार्जन गरेको छ ।

परिमार्जित नियमअनुसार अब खेलमा सुस्त गतिमा ओभर सकियो भने क्याप्टेनलाई मात्र सजाय नभई पुरै टिमलाई सजाय हुनेछ । यो नियम लागु भएसँगै सुस्त गतीमा ओभर सक्दा क्याप्टेन निलम्बनमा पर्ने खतरा टरेको छ । अब सुस्त गतीमा ओभर खेल्यो भने खेलाडीको अंक पनि काटिनेछ ।

यो भन्दा अगाडी सुस्त गतीमा ओभर खेल्दा क्याप्टेनलाई खेलको फिसको ५० प्रतिशत जरिवाना र अन्य खेलाडीलाई १० प्रतिशत जरिवाना लाग्थ्यो । साथै उक्त टिमले तिन खेलमा लगातार यसरि खेल्यो भने क्याप्टेनलाई प्रतिबन्ध लाग्थ्यो ।

के हो स्लो ओभर ?

एकदिबसिय खेलमा ५० ओभरको खेलको लागी २१० मिनेटको समय छुट्याइएको हुन्छ जसमा १० मिनेटको ब्रेक समय हुन्छ । यसअनुसार १ ओभरको लागी ४ मिनेटको समय छुट्याइएको हुन्छ । कहिलेकाँहि खेलाडीहरुले १ ओभरको लागी समय खर्चेर ४ मिनेट भन्दा बढि खर्च गर्ने गर्छन् । यस्तो हुँदा पहिले क्याप्टेनले मात्र कारबाहि भोग्थ्यो ।

२०१९ देखि २०२१ सम्म चल्ने विश्व टेस्ट च्याम्पियनसिप १ अगष्टबाट शुरु हुदैँछ । यो च्याम्पियनसिपमा नयाँ नियम लागु हुने आइसिसिले जनाएको छ ।

साथै आइसिसिले एउटा अर्को नियम पनि परिवर्तन गरेको छ । यदि कुनै खेलाडी बलले लागेर घाइते भएमा उसको ठाउँमा नयाँ खेलाडी ल्याउने पाइनेछ । नयाँ ल्याईने खेलाडी उस्तै हुनुपर्नेछ । बलरको ठाउँमा बलर र ब्याट्सम्यानको ठाउँमा ब्याट्सम्यान । यो नियम अष्ट्रेलिया र इंग्ल्याण्डबीच भएको एसेज सिरिजबाट लागु सुरु भएको थियो ।

यो नियम अगस्टबाट लागु हुने आइसिसिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रृंखलाको तेस्रो खेलमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । अल

लन्डन । च्याम्पियन्स लीग फुटबलमा म्यानचेष्टर सिटी, लिभरपुल र रियल मड्रिड विजयी भएका छन् । समूह ए को खेलमा सिटीले

काठमाडौं । छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप असोज दोस्रो सातादेखि हुने भएको छ । नेपाल भलिबल

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा आयोजक राष्ट्र ओमान ५ विकेटले विजयी भएको छ ।