मलेसिया रोजगारी बन्दको प्रभावः ९ वर्षपछि मूलुकको शोधनान्तर स्थिति घाटामा

३ श्रावण २०७६, शुक्रबार १६:४४ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, ३ साउन । नेपालको शोधनान्तर स्थिति ९ बर्षपछि घाटामा जाने देखिएको छ । गत आर्थिक बर्षदेखि घाटामा रहेको शोधनान्तर स्थिति आर्थिक वर्ष सकिँदा पनि घाटामै रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको गत आर्थिक बर्षको ११ महिनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार जेठ महिनामा शोधनान्तर स्थिति ६८ अर्ब २० करोड घाटामा छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पनि एक औपचारिक कार्यक्रममा आर्थिक वर्ष २०६६/०६७ पछि पहिलो पटक वार्षिक रुपमा शोधनान्तर स्तिथि ऋणात्मक हुने संकेत देखिएको बताएका थिए ।

नेपालको कुल ग्राहस्थ उत्पादनको तुलनामा ३० प्रतिशत भन्दा माथि योगदान पुर्याएको बैदेशिक रोजगारीको क्षेत्रमा पछिल्लो समय देखिएको समस्याका कारण शोधनान्तर स्तिथि कमजोर देखिएको हो । नेपालको बैदेशिक रोजगारीको मुख्य गन्तव्य मलेसियाको रोजगारी १ बर्ष भन्दा लामो समयदेखि ठप्प छ । यसको सिधा असर रेमिट्यान्समा पर्दा नेपालमा भित्रिने बिदेशी मुद्रा अपेक्षाकृत रुपमा बढ्न सकेको छैन । तर निरन्तर रुपमा बढिरहेको ब्यापार घाटाको कारण नेपालको भुक्तानी सन्तुलन ऋणात्मक देखिएको हो ।

भुक्तानी सन्तुलन ऋणात्मक हुँदा त्यसको असर बिदेशी मुद्रा संचितिमा परेको छ । आर्थिक वर्षको सुरुमा ११ खर्ब २ अर्ब रहेको बिदेशी विनीयमय संचिति आर्थिक वर्षको ११ महिना सकिँदा १० खर्ब ३० अर्ब छ ।

आर्थिक वर्ष २०७५/०७६ को ११ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ८.८ महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ