उपभोक्ता अधिकारसम्बन्धी नयाँ नीति : सचिव जोशी

२३ श्रावण २०६९, मंगलवार १९:३५ मा प्रकाशित

काठमाडौं, २३ साउन । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव लालमणि जोशीले उपभोक्ता अधिकारसम्बन्धी नयाँ नीति ल्याइने बताउनुभएको छ ।
वाणिज्य विभागले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विद्यमान कानुनी जटिलताले गर्दा कालाबजारी, कमसल वस्तु उत्पादकलगायतका वस्तु प्रदायकको अवैध गतिविधिलाई निरुत्साहित गर्न नयाँ नीति ल्याउन लागेको बताउनुभयो ।
सचिव जोशीले व्यवसायीले बजारमा उपलब्ध भएका विभिन्न खाद्य सामग्रीको उत्पादन मिति, सम्बन्धित कम्पनीको नाम तथा उत्पादकको ब्रान्ड अनिवार्यरुपमा राख्नुपर्ने र त्यसलाई उपभोक्ताले चनाखो भई हेर्ने बानी बसालेमा उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न सकिने विशवास व्यक्त गर्नुभयो ।
विभागका महानिर्देशक नारायणप्रसाद विडारीले बजार अनुगमनका क्रममा केही व्यवसायीले उपभोक्ताको जनजीवनमा गम्भीर असर पार्ने गतिविधि गर्दै आएको पाइए पनि उनीहरुलाई कारबाही गर्ने अधिकार आफ्नो संस्थालाई नभएको गुनासो गर्नुभयो । सो अवसरमा उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा क्रियाशील केही अधिकारकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला दुई सय ले बढेर रु ९७ हजार एक सय तोकिएको छ

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

पर्सा । पालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से