अमेरिकामा न्युनतम ज्याला दोब्बरले बृद्धि, कति पुग्यो ?

३ श्रावण २०७६, शुक्रबार १५:१६ मा प्रकाशित

अमेरिका, ३ साउन । डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ ।

तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स्वीकृत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

हाउसमा भएको मतदानमा ज्याला वृद्धिसम्बन्धी विधेयक २३१–१९९ मतले पारित भएको थियो । विधेयकको पक्षमा डेमोक्र्याट सांसदले मतदान गरेका थिए भने रिपब्लीकनले विपक्षमा मतदान गरेका थिए ।

यो विधेयक स्वीकृत भई लागू भएमा न्यूनतम ज्याला दोब्बर हुनेछ । हाल अमेरिकामा न्यूनतम ज्याला प्रतिघण्टा ७।२५ डलर छ । अमेरिकामा न्यूनतम ज्याला सन् २००९ यता परिवर्तन भएको छैन ।

अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लीकन पार्टीका नेता मिच म्याककोनेलले तल्लो सदनबाट पारित भएको विधेयक अस्वीकार्य छ भन्दै त्यसलाई सिनेटमा छलफल समेत नगरिने जानकारी दिए ।

“अनुसन्धानहरुले न्यूनतम ज्यालालाई १५ डलर पु¥याउँदा रोजगारी गुम्ने र सुधारोन्मुख अमेरिकी अर्थतन्त्रमा ठूलो क्षति पुग्ने देखाएका छन्,” मिचेलले ट्वीट गर्दै भनेका छन् ।

बजेट सम्बन्धी कङ्ग्रेस बजेट कार्यालयले यसै महिनाको शुरुमा प्रकाशन गरेको एक प्रतिवेदनमा सन् २०२५ सम्ममा न्यूनतम ज्याला १५ डलर पु¥याइए यसबाट एक करोड ७० लाख कामदारले थप भुक्तानी पाउने तर १३ लाख रोजगारी गुम्ने बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको