पाइप लाइनमार्फत डिजेल नेपाल आइपुग्यो

३ श्रावण २०७६, शुक्रबार १३:५८ मा प्रकाशित

पर्सा, ३ साउन । मोतीहारी–रक्सौल–अमलेखगन्ज पाइप लाइनबाट पेट्रोलियम पदार्थ नेपाल आईपुगेको छ । बिहिबार इण्डियन आयल कर्पोरेसन (ओइसी)ले पाइपबाट पानी र तेल नेपाल पठाएपछि पाइपलाइन सञ्चालनमा आएको हो ।

आईओसीले पाइपलाइनमार्फत पठाएको पानी र डिजेल शुक्रबार अमलेखगन्ज आइपुगेको छ । भारतको पटनाबाट बिहिबार विहान १० बजे पानी र डिजेल एकैसाथ पम्पिङ गरिएको थियो । उक्त पाइपबाट साढे ६ सय किलोलिटर पानी र ३१ सय किलोलिटर डिजेल शुक्रबार बिहान ८ः३० बजे नेपाल आईपुगेको हो ।

अमलेखगन्ज डिपोका सहायक प्रबन्धक चित्र महतका अनुसार आजै तेलको परीक्षण गरिने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे