धनगढी बम विष्फोटः विप्लव समूहले लियो जिम्मा

३ श्रावण २०७६, शुक्रबार १३:११ मा प्रकाशित

कैलाली, ३ साउन । धनगढीमा भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द विप्लव समूहले लिएको छ । उक्त समूहका सेती महाकाली व्युरो इन्चार्ज निर्माणले विज्ञप्ति जारी गर्दै पार्टीको कामको सिलसिलामा आत्म रक्षाका लागि बोकेको बम विस्फोट भएको पुष्टि गरेका छन् ।

विप्लवका कार्यकर्ता रामबहादुर सिंहको मृत्यु भएको छ । विस्फोटमा घाइते सिंहको उपचारका क्रममा बिहीबार राति धनगढीकै मायामेट्रो अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका लक्ष्मण सेराला अझै अचेत छन् । घाइते भएका होटल सञ्चालक केशवराज पाण्डे, जितेन्द्र यादव, मोविन खानको उपचार भईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेसले अधिवेशन तालिका हेरफेर गर्ने निर्णय गरेको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र

काठमाडौँ । एशियाली विकास बैंक (एडिबी)ले सन् २०२२ मा नेपालको अर्थतन्त्र (बजार मूल्यमा) ४.१ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबारसम्म सरकार विस्तारको तयारी गरेका छन् । मन्त्रिपरिषद विस्तार तथा मन्त्रालय भागबन्डाबारे आज बालुवाटारमा सत्तारूढ

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार