काम नगर्ने ठेकेदारलाई म्याद नथप्न गगन थापाको दबाब

३ श्रावण २०७६, शुक्रबार १०:२० मा प्रकाशित

काठमाडौँ, ३ साउन । प्रतिनिधिसभाका सांसद गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ भित्र समयमै सडक सम्पन्न नगर्ने ठेकेदारको म्याद थप नगर्न सडक विभागलाई दबाब दिएका छन् । सांसद थापा सहितको टोलीले सडक विभागले समयमा काम नगर्ने ठेकेदारलाई कारवाही गर्नुको सट्टा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको भन्दै आफ्नो निर्वाचन क्षेत्रमा त्यस्तो नगर्न भनेका छन् ।

काठमाडौँ ४ थापाको निर्वाचन क्षेत्र हो । उक्त क्षेत्रमा १२ वटा सडक छन् । थापाले भने, ‘सडक विभागले बारम्बार ठेकेदारलाई म्याद थप गर्ने तर, ठेकेदारले काम नगर्ने प्रवृत्ति देखियो । अब ठेकेदारलाई आवश्यक कारवाही नगरेसम्म म्याद थप गर्नु भएन ।’

विभागका महानिर्देशक केशवकुमार शर्मालाई थापाले भने, ‘तपाईंहरुले फेरि पनि काम नगर्ने ठेकेदारलाई म्याद थप गर्नुभयो भने गडबड गरेको देखिन्छ, हामीले भन्दाभन्दै जबर्जस्ती ठेकेदारको पक्षमा म्याद थप भयो भने तपाईंका विरोधमा आन्दोलन गर्नेछौं ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं। नेकपा (एमाले)ले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट हेर्दाहेर्दैमा रखिएको छ। न्यायाधीश दीपक कार्की