मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा

२ श्रावण २०७६, बिहीबार १४:३१ मा प्रकाशित

बीरगञ्ज, २ साउन । मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको छ । उक्त पाइपलाइनबाट बिहिबार साँझ पेट्रोलियम पदार्थ नेपाल आइपुग्ने भएको हो ।

आजको परीक्षण सफल भएपछि भारतबाट पाइपलाइनबाटै पेट्रोलियम पदार्थ नेपाल आउने छ । पाइपलाइन परियोजनाका प्रबन्धक प्रदीपकुमार यादवका अनुसार पाइप लाइनको परीक्षणका लागि बुधबार भारतको बिहार राज्यको राजधानी पटनाबाट डिजेल पठाइएको छ ।

पहिलो चरणमा परीक्षणका लागि पाइपमा पानी, पाइप सफा गर्ने तिग र डिजेल हालेर पठाइएको छ । नेपाल आयल निगमका प्रवक्ता बीरेन्द्र गोइतले साउन अन्तिममा पाइपलाइनको उदघाटन गर्ने तयारी थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट उद्घाटनको तयारी अघि बढाईएको छ ।

अमलेखगन्ज डिपोमा पाइपलाइनबाट आएको तेल भण्डारण गर्न ४१ लाख किलोलिटर क्षमताका दुई वटा र ३९ लाख किलोलिटर क्षमताका २ वटा ट्यांकी राखिएका छन । पाइपलाइनबाट प्रतिघन्टा ३ सय किलोलिटर पेट्रोलियम पदार्थ आउने अपेक्षा गरिएको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ भित्रिएपछि ढुवानीमा वार्षिक ७० देखि ८० करोड रूपैयाँ बचत हुने निगमको विश्वास छ ।

नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनको संयुक्त लगानीमा भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ६९.५ किलोमिटर नयाँ पाइपलाइन बिछ्याइएको थियो । पाइपलाइनमध्ये भारतमा ३२.२५ र नेपालमा ३७.५ किलोमिटर पर्दछ । परियोजनाका लागि भारतीय आयल कर्पोरेशनले २ सय करोड भारू र नेपालको ७५ करोड लगानी छ ।

नेपालको ७५ करोड रुपैयाँ भने ४ हजार केएल क्षमताको पेट्रोलियम भण्डारण, ट्यांकर लोडिङको संरचना निर्माणमा खर्च गरिने आयल निगमले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

दाङ । नेपाली काँग्रेसको चौधौं महाधिवेशन अन्तर्गत दाङमा शनिबार सम्पन्न पालिका अधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

रौतहट । “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ

रुपेन्देही । महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको

गण्डकी । पर्यटकीय नगरी पोखरामा यस वर्षको विश्व पर्यटन दिवसका कार्यक्रममा विभिन्न ११ देशका राजदूत तथा विशिष्ट कूटनीतिज्ञ सहभागी बन्ने