लोक सेवा विज्ञापन खारेजको माग गर्दै कार्यालय अगाडी प्रदर्शन

२ श्रावण २०७६, बिहीबार १२:३१ मा प्रकाशित

काठमाडौँ, २ साउन । लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन खारेजीको माग गर्दै केन्द्रीय कार्यालय अगाडी प्रदर्शन भएको छ । विज्ञापन फिर्ताको माग गर्दै नेपाल आदिवासी जनजाति महासंघले अनामनगरस्थित आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको हो ।

विज्ञापन खारेजको माग गर्दै प्रदर्शनकारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको राजीनामा मागेका छन् ।आयोगले जेठ १५ गते नौ हजारभन्दा बढी पदमा खुलाएको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै महासंघले आन्दोलन गर्दै आएको छ ।

विज्ञापनमा ४ लाखको आवेदन परेको छ । भोली शुक्रबारदेखि लिखित परीक्षा पनि हुँदैछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौँ ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक नेकपा एमालेकै कार्यकर्ता रहेको पाइएको छ । एमाले रूपन्देहीका

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौं ।ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम भोलि मंगलबार बिहान नेपाल आईपुग्ने भएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको