‘फेस एप’ यस कारण असुरक्षित !

२ श्रावण २०७६, बिहीबार ११:४० मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ साउन । बुढो हुँदा तपाई कस्तो देखिनु हुनेछ ? यो एउटा प्रश्न र त्यहाँ आफ्नो तस्बिर राखेपछि ‘फेस एप’ ले दुरुस्तै बुढो देखाइदिन्छ । अहिले यो एप सामाजिक सञ्जालमा निकै भाइरल छ ।

‘फेस एप ओल्ड फिल्टर’ ले प्रयोगकर्ताको अनुहार परिवर्तन गरी बुढो तस्बिर देखाउँछ । सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम, फेसबुकमा यसको प्रयोग बढी भईरहेको छ । सन् २०१७ मा पहिलो पटक रुसमा ‘फेस एप’ सार्वजनिक भएको थियो । प्रविधि विशेषको जानरकाी लिने अनलाईन ‘टेकक्रन्च’ ले तपाईको तस्बिरमा फिल्टर जोड्न एपले ‘एआई’ को प्रयोग गर्ने बताएको छ ।

प्रविधि विज्ञहरुले यो एप असुरक्षित रहेको बताएका छन् । यो एपले प्रयोगकर्ताले क्लिक गरिसकेपछि ‘नो’ गरेपनि डेटासम्म पहुँच पुर्याउन सक्छ ।

एप सुचारु भएपछि सामाजिक सञ्जालमा राखिएका सामग्री र तस्बिरहरु बिना अनुमति नै यो एपले लिन सक्छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रविधि विज्ञ तुरुप सङ्ग्रौला यो एप प्रयोगकर्ताको डेटा असुरक्षित हुने बताउँछन् । उनका अनुसार एप प्रयोग गर्न ‘ओपन विथ फेसबुक’ गर्नु भनेको उसलाई सहजै आफ्नो एकाउण्टमा प्रवेश दिनु हो । सङ्ग्रौलाले क्रेडिट कार्ड, व्यक्तिगत कागजपत्र लगायत सहजै उसले लिन सक्ने बताए । ‘एपले दुरुपयोग गर्ने नगर्ने उसको कुरा हो’ उनले भने, ‘दुरुपयोग गर्दैन भन्न पनि सकिँदैन, प्रयोगकर्ताको डेटा असुरक्षित त हुन्छ नै ।’

उनले गुगल र एप्पलले समेत प्लेस्टोरमा राखेका कारण केही विश्वासको ठाउँ रहेपनि दुरुपयोगको खतरा भने बढी रहेको बताए । सङ्ग्रैलाले यस्ता किसिमका एप प्रयोग नगर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ सार्वजनिक

नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा

नेपाल टेलिकमले एसइई उतीर्ण गरेका विद्यार्थीलाई ध्यानमा राख्दै एसइई अफर सार्वजनिक गरेको छ । गत वर्र्षजस्तै टेलिकमले यसवर्षको अफर अन्तर्गत

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले आज एक सूचना जारी