७ दिनमा ७ मन्त्री फेर्दै प्रधानमन्त्री ओली, को को आउदैछन् नयाँ अनुहार ?

२ श्रावण २०७६, बिहीबार १०:५३ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीमण्डल हेरफेरको अन्तिम तयारीमा छन् । आगामी ७ दिनभित्रमा ७ मन्त्रीलाई बिदा दिएर उनीहरुको ठाउँमा नयाँ अनुहार ल्याउने ओलीको तयारी छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मन्त्रीहरुको कार्यक्षमता मूल्यांकन सकेसँगै प्रधानमन्त्री ओली मन्त्री फेर्ने निर्णयमा पुगेका हुन । बिश्वास गरिएका मन्त्रीहरुबाट नै जनअपेक्षाअनुसार काम हुन नसकेको भन्दै आलोचना बढेपछि साउनको १५ भित्रै मन्त्री फेर्ने निर्णयमा प्रधानमन्त्री पुगेको स्रोतको भनाई छ ।

स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जामन्त्री वर्षमान पुन, श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्ट, उद्योगमन्त्री मातृका यादव, खानेपानी मन्त्री विना मगर, सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई हटाउने प्रधानमन्त्री ओलीको तयारी छ ।

सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई सरकारको प्रवक्ताको जिम्मेवारी सहित सञ्चार प्रविधि मन्त्री बनाउने प्रधानमन्त्री ओलीको तयारी छ । पूर्व उद्योग मन्त्री महेश बस्नेत र पुर्व शहरी विकास र कानुन मन्त्री समेत भईसकेका प्रभु शाह समेत मन्त्री बन्ने लाइनमा छन ।

यता कार्यक्षमता मूल्यांकनको आधारमा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा ग्रिन जोनमा छन। त्यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वनमन्त्री शक्ति बस्नेत, महिला बालबालिका मन्त्री थममाया थापा मगर, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार एल्लो जोन अर्थात जोखिमको नजिक रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे