भ्रमण बर्षका संयोजक सुरज बैद्य र उनकी भारतीय श्रीमतीको स्वार्थमा आइफा अवार्डको किचलो

२ श्रावण २०७६, बिहीबार १०:०५ मा प्रकाशित

काठमाडौँ, २ साउन । नेपाल भ्रमण बर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले पदबाट राजिनामा दिने कुरा बाहिरिएपछि उनले स्पष्टिकरण दिएका छन् । भ्रमण बर्ष संयोजकबाट आफु हट्ने समाचारमा सत्यता नभएको भन्दै उनले आफुलाई दिएको जिम्मेवारी ईमान्दारीपूर्वक निर्वाह गरिरहने बताएका छन् ।

नेपाल सरकारले चौतर्फी दबाबपछि आईफा अवार्ड आयोजना गर्न बजेट नछुट्याउने निर्णय गरेपछि वैद्यले भ्रमण बर्ष २०२० को संयोजक पदबाट राजिनामा दिने कुरा उठेको हो । आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोधपछि प्रधानमन्त्री केपी शर्मा ओली पछि हटेका हुन ।

आइफा अवार्ड, प्रधानमन्त्री ओली र सुरज बैद्यको सम्बन्ध के ?

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा टोयटा कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता समेत रहेका सुरज वैद्य प्रधानमन्त्री ओलीका अघोषित सल्लाहकार मानिन्छन् । भारतीय मोडल रितु सिंह बैद्यकी श्रीमती हुन् । रितु सिंहकै सल्लाहमा आईफा अवार्ड आयोजना गर्न प्रधानमन्त्रीलाई कन्भिन्स गर्ने काम बैद्यले नै गरेका थिए ।

विवादास्पद आईफा अवार्ड नेपालमा गर्ने भनेर अर्ब बजेट छुट्याउन लगाउने वैद्य नै हुन् । आईफा अवार्डलाई एक अर्ब दिने कुराको चर्को विरोध भएपछि प्रधानमन्त्री ओली पछि हटेपनि वैद भने अझै त्यो अवार्ड गर्नुपर्छ भनिरहेका छन् ।

पर्यटन क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु हुँदाहुँदै पर्यटनमा योगदान नै नभएका व्यक्तिलाई संयोजक बनाएकोमा असन्तुष्टि व्याप्त छ । भ्रमण वर्ष २०२० सुरु हुन ५ महिना मात्र बाँकी छ ।

वैद्यकै सल्लाहमा नेपाल वायु सेवा निगमका लागि चीनियाँ विमान ल्याईएको छ । तर ती जहाज ग्राउण्डेड छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सर्वोच्च अदालतले सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा नकारात्मक टिप्पणी गर्नेलाई कारबाही नगर्न गृह मन्त्रालयलाई आदेश दिएको छ ।

काठमाडौं।नेकपा (एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को विरोधका बिच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ । आज (सोमबार)

खाँदबारी । सङ्खुवासभाको मादी खोलागाउँमा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ रहस्य खुलेको छ । यसअघि प्रहरीले हत्याकाण्डमा