‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द

२ श्रावण २०७६, बिहीबार ०९:५३ मा प्रकाशित

काठमाडौँ, २ साउन । मनोजराज पाण्डेको ‘कथा नेपाल’ले तयार पार्दै आएको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम बन्द भएको छ । कार्यक्रम संचालनको एक बर्ष पुगेको अवसरमा काठमाण्डौको सोल्टी होटलमा आयोजित एक कार्यक्रममा पाण्डेले कार्यक्रमको प्रशारण समापन गरिएको जानकारी दिए ।

कार्यक्रम समाप्तिको घोषणासँगै पाण्डेले अडियो र भिडियो बिज्ञबाट समेत राजिनामा दिएका छन । कार्यक्रम संचालनको क्रममा सिंहदरबार भित्रै चन्दा आतंक भएको कुरा बाहिरीएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा यो कार्यक्रम बन्द गरिएको बताइएको छ ।

यद्दपी संचालनको बर्ष दिन पुगेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रमबाट सरकारले गरेका कामहरु जनता समक्ष पुर्याउन सहज भएको बताएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय

काठमाडौं । नेपाली राजनीतिमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे नियति मान्नुपर्छ, आफूले पाएकाे जिम्मेवारी पूरा गर्न नसकेकाे अवगाल उहाँले पटक-पटक ब्यहाेर्नु परेकाे

काठमाडौं । तेस्रो राष्ट्रिय महाधिबेसनको तयारी रहेको नेपाल परिवार दलले देशलाई समृद्धिको दिशामा अगाडि बढाउन शासकिय स्वरुप परिर्वतन गर्नका लागि