बीमा संस्थान र बीमा कम्पनीद्धारा वित्तीय अनुशासन उलङ्घन, नियामक निकाय मुकदर्शक

२ श्रावण २०७६, बिहीबार ०८:५९ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, २ साउन । सरकारी लगानीका २ बीमा कम्पनीको वित्तीय अवस्था भद्रगोल पाईएको छ । निजी लगानीका संस्थाहरुले तुलनात्मक रुपमा जिम्मेवार बनेर काम गरिरहेको समयमा सरकारी लगानीका राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको अवस्था निकै कमजोर पाईएको हो ।

राष्ट्रिय बीमा संस्थानले १० बर्षदेखि बार्षिक साधारणसभा गर्न सकेको छैन । बीमा कम्पनीले पनि ७ बर्षदेखि साधारणसभा बोलाएको छैन । समयमै साधारणसभा नहुँदा लगानीकर्ता मात्र नभई बिमितहरु समेत मर्कामा परेका छन । उनीहरुले एक्चुअरि भ्यालुएशन गर्न नसकेर साधारण साभा नै नगरेको पाईएको छ ।

६ बर्षको साधारण सभा एकै पटक

राष्ट्रिय बीमा कम्पनीले ६ वटा आर्थिक बर्षको साधारण सभा एकै पटक गर्ने तयारि सुरु गरेको छ । संस्थानका प्रमुख प्रशासकिय अधिकृत कवि पाठकले यसको पुष्टि गरेका छन् । संस्थानले आर्थिक वर्ष २०६४/०६५ यता वार्षिक साधारणसभा गर्न सकेको छैन । संस्थानले आर्थिक वर्ष २०६४/०६५ देखि ३ वर्षको वित्तीय विवरण बीमा समितिमा पठाएको भएपनि एक्चुअरी भ्यालुएशन नभएकाले बीमा समितिले विवरण स्वीकृत नगरेको पाठकको भनाई छ ।

‘२०६४/०६५ देखिएको एक्चुअरी भ्यालुएशन भएको छैन तर २०६८/०६९ सम्मको वित्तीय विवरण समितिमा पठाएका छौँ’ पाठकले भने, ‘एक्चुअरी भ्यालुएसन रिपार्ट नभएकोले स्वीकृत भएको छैन ।’

पाठककाअनुसार संस्थानले आर्थिक वर्ष २०६४/०६५ देखी २०७०/०७१ सम्म ६ वर्षको एक्चुअरी भ्यालुएशन गराइरहेको छ । बीमा समितिले भ्यालुएशन रिपोर्ट स्वीकृत गरेपछि संस्थानले वित्तीय विवरण पठाउने र उक्त वित्तीय विवरण स्वीकृत भएपछि ६ वर्षको वार्षिक साधारणसभा एकसाथ गर्ने संस्थानको दाउ छ ।

बीमा विधेयक पास भएर बीमा ऐन नआएसम्म बीमा संस्थानको पुँजी वृद्धि योजना अगाडी नबढ्ने पाठकको भनाई छ । उक्त विध्येक स्वीकृत भएको एक वर्ष भित्रमा संस्थान कम्पनीमा जानुपर्ने र त्यससँगै पुँजी पनि बढाउने उनले बताए । राष्ट्रिय बीमा संस्थानको ऐन र बीमा समितिको निर्देशनमा केही कानुनी अड्चन रहेको उनको भनाई छ । यसकारण पनि भ्यालुएशन रिपोर्ट स्वीकृत भएसँगै बोनस दिएर पुँजी बढाउँदै गर्ने र बाँकी पुँजी कम्पनीमा जाँदा थप गर्ने उनले बताए ।

नियामक बीमा समिति भने संस्थानमा कमजोरी भएपनि भ्यालुएशन स्वीकृत गर्नुपर्ने पक्षमा छ । यसको लागि बीमा समितिको एक्चुअरीले संस्थानको गत आर्थिक वर्ष सम्मको भ्यालुएशन रिपोर्ट माग गरेको छ । ‘गत वर्ष सम्मको आयो भने त्यसलाई केही एडजस्ट गरेर स्वीकृत गर्न सकिन्छ तर केही वर्षको आउने र केही वर्षको नआउने अवस्था भयो भने स्वीकृत हुन सक्दैन’ बीमा समतिका एक अधिकारीले भने ।

राष्ट्रिय बीमा कम्पनी झनै भद्रगोल

राष्ट्रिय बीमा कम्पनीको पनि वित्तिय सुशासन अझ भद्रगोल देखिएको छ । कम्पनीले आव २०६७/०६८ सम्मको वार्षिक साधारणसभा गरेको भएपनि त्यसपछि साधारणसभा गर्न सकेको छैन । कम्पनीले आर्थिक वर्ष २०६८/०६९ को वार्षिक साधारणसभाको लागि १ सय २० प्रतिशत बोनश प्रस्ताव गरी वित्तीय विवरण बीमा समितिमा पठाएको थियो । तर उक्त विवरणमा कमजोरी देखाउँदै समतिले स्वीकृत गरेको छैन । त्यसछि कम्पनीले कुनै पनि आर्थिक वर्षको वित्तीय विवरण पठाएको छैन ।

समितिले यस सम्बन्धमा कम्पनीसँग स्पष्टिकरण माग गरेपनि कम्पनीले स्पष्टिकरण बुझाउन अटेरी गर्दै आएको बीमा समितिका प्रमुख कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । वर्षदिन अगाडी कम्पनीलाई आवश्यक सहजिकरण गरि वित्तीय विवरण पठाउनलाई भनिएको पौडेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्‌को बालुवाको

काठमाडौं । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ