बैंकमा तरलताको ‘गोदाम’, महिना दिनमै बढ्यो ९० अर्ब निक्षेप

१ श्रावण २०७६, बुधबार १७:३२ मा प्रकाशित

निरोज कुमार थापा, काठमाडौँ, १ साउन । बैंक तथा वित्तीय क्षेत्रको निक्षेप झण्डै ३३ खर्ब पुगको छ । नेपाल राष्ट्र बैंकका अनुसार असार मसान्त सम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२ खर्ब ९९ अर्ब पुगेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको मात्र निक्षेप २८ खर्ब २९ अर्ब रहेको छ ।

गत जेठ मसान्तमा ३२ खर्ब १० अर्ब रहेको निक्षेप असार मसान्तमा ३३ खर्ब पुगेको हो ।

सरकारले गर्ने असारे विकासका कारण महिना दिनमै ९० अर्बले निक्षेप बढेको हो । विगतका वर्षहरुमा पनि अन्य महिनाको तुलनामा असारमा ५ गुणा सम्मले निक्षेप बढ्ने गरेको बताईन्छ । सरकाले कुल पुँजीगत खर्चको करिब ४० प्रतिशत खर्च असारमा गर्ने गरेका कारण बैंकमा तरलता बढेको अर्थविदहरु बताउँछन् ।

९० अर्बले निक्षेप बढाएका बैंकहरुको एक महिनाको अवधिमा कर्जा भने घटेको छ । गत जेठ मसान्तमा २८ खर्ब ८९ अर्ब कर्जा लगानीमा रहेकोमा असार मसान्तमा ४ अर्बले घटेर २८ खर्ब ८४ अर्ब ७५ करोड रहेको छ ।

असार ३१ को तथ्यांक अनुसार बैंकमा करिब ९५ अर्ब तरलता रहेपनि लगानी गर्न सक्ने नगद तरलता भने ७५ अर्ब ८९ करोड छ । बैंकहरुको अन्तर बैंक औषत व्याजदर २.५१ प्रतिशत र सिसिडि रेसियो ७५.८४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर

काठमाडौं । सत्ता गठबन्धनको महत्त्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आउँदो साताभित्र मन्त्रिपरिषद् विस्तारले पूर्णता पाउने संकेत गरेका

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप उपत्यकामा अधिकांशले लगाइसकेका छन् । यो खोप उपत्यकामा पहिलो मात्रा ४४.३३ प्रतिशत र पूर्ण मात्राको

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गर्नुभएको छ । मिनभवनस्थित केन्द्रीय